रेडियो   टिभी

जिल्ला बार इकाईको अध्यक्षमा अधिवक्ता कुँवर निर्बिरोध चयन


मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला बार इकाई कपिलवस्तुको अध्यक्षमा अधिवक्ता हुम बहादुर कुँवर निर्वाचित भएका छन् । बारको तौलिहवामा भएको निर्वाचनमा कुँवरको अध्यक्षतामा ११ सदस्यिय समिति निर्बिरोध निर्वाचित भएको हो ।

निर्वाचन संयोजक चक्र बहादुर क्षेत्रीका अनुसार बार इकाईको निर्वाचनमा ११ सदस्यिय समिति निर्बिरोध चयन भएका छन् । यसको आधिकारिक घोषणा भने बुधवार गरिने उनले बताए ।

समितिको उपाध्यक्षमा ओम प्रकाश अर्याल, सचिवमा प्रभु मिश्रा, कोषाध्यक्षमा जीवनाथ मरासिनी निर्वाचित भएका छन् । सदस्यहरुमा राजु कु्मार श्रीवास्तव, टुक थापा, राहुल कुमार गुप्ता, शभ्भु सेन, अभिमन्यु कुँवर र रामशेष मिश्रा रहेका छन ।

प्रजातान्त्रिक र प्रगतिशील समुह बीच पदका बिषयमा सहमति बने पछि समिति निर्बिरोध भएको बताईएको छ । जिल्ला बार इकाईमा ४४ जना सदस्य छन ।

प्रतिक्रिया दिनुहोस