रेडियो   टिभी

कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु


मायादेवी अनलाइन, पकडी ।
कपिलवस्तुमा पौडी खेल्नेक्रममा डुवेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउँपालिकाका १७ बर्षीय अजय विश्वकर्मा रहेका छन् ।

उनी गाउँपालिकाको वडा नं. २ भुसुडीस्थित भुताह नदीमा पौडी खेल्न गएका थिए । उक्त नदीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुबेदीले जानकारी दिनुभयो ।-प्रभुनाथ गुप्ताको सहयोगमा

प्रतिक्रिया दिनुहोस