२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

कपिलवस्तुमा मनाईयो अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस



मायादेवी अनलाइन, जीतपुर ।
मानव बेचबिखन विश्वकै साझा समस्या भएको भन्दै यस तर्फ सचेत भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

मानिसलाई विभिन्न प्रलोभनमा पारी बेचबिखन गर्ने गरिएकाले त्यस तर्फ ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । नेपालमा वार्षिक १७ हजार भन्दा बढी बेचबिखन भएपनि उजुरी भने जम्मा १ सय ७५ वटा परेका छन् ।

पीडक विरुद्ध उजुरी दिएपनि पछि आफु सुरक्षित नहुने डरले यस्ता उजुरी कम पर्ने गरेको पाइएको छ । मानव अधिकार एलाइन्स कपिलवस्तुले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसमा आयोजना गरेको कार्यक्रमा यस्तो जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले शिक्षित ब्यक्तिबाटै विभिन्न घटना हुने गरेको भन्दै चेतनाको स्तर बढाउनुपर्ने बताउनुभएको छ । मानिसमा नैतिकता हराउँदै गएकाले समाजमा विभिन्न किसिमका हिंसात्मक घटना बढेको उहाँले बताउनुभयो ।

उहाँले पछिल्लो समय परिवर्तनका नाममा अराजकता र स्वतन्त्रताको नाममा छाडातन्त्र हावी भएको भन्दै यसलाई नियन्त्रण गर्न ब्यक्ति स्वयम सचेत बन्नुपर्नेमा जोड दिनुभयो । नेपालको संबिधान मुलुककै उत्कृष्ट भएको भन्दै यसको कार्यान्वयनमा केही समस्या भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेलले कपिलवस्तु मानव अधिकार हननको अग्र स्थानमा रहेको भन्दै यसलाई न्यूनिकरण गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाले विभिन्न प्रकारका हिंसा कानुनले मात्र नियन्त्रण नहुने भन्दै अब नैतिक शिक्षाको आवश्यकक्ता रहेको बताउनुभयो ।

नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले समाजमा रहेका केही मान्यगन्य ब्यक्तिनै आर्थिक प्रलोभनमा परी अपराधिक कृयाकलापमा संलग्न भएको बताउनुभयो । कपिलवस्तुमा लागुपद्धार्थ दुब्र्यसन प्रमुख समस्या भएको भन्दै यसलाई निमूल पार्न चेतना बढाउनुपर्ने बताउनुभयो ।

विभिन्न प्रकारका अपराधिक कृयाकलापमा संलग्न आफ्नै पार्टीका कार्यकर्ता वा जो कोही भएपनि उनीहरुलाई राजनैतिक रुपले संरक्षण नगर्ने भन्दै त्यस्ता ब्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

कतिपय ठाउमा महिलाले महिलाको कुरा नसुन्ने र उनीहरुलाई बेवास्ता गर्ने गरेको भन्दै त्यस तर्फ ध्यान दिन मानव अधिकार एलाइन्स कपिलवस्तुको ध्यानाकर्षण गराउनुभएको छ ।

अब नेपाली जनताको ध्यान न्यायमूर्ती तर्फ हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले सरकारले एकल महिला लगायत विभिन्न शिर्षकका काटेरको भन्दै सरकारको त्यो कदम गलत भएको बताउनुभयो । भत्ता कटौती भएकोबारे आफुहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै गलत कदममा सधै खबरदारी गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक नारायण खनालले संविधानमा अधिकार मात्र भएर नहुने भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । मुलुक संघीयतामा गइसके पछि पनि ब्यक्तिको ब्यवहार शैली परिवर्तन हुन नसक्दा समस्या भएको बताउनुभयो ।

मायादेवी गाउँपालिकाकी उपाध्यक्ष गीता तिवारीले पछिल्लो समय सामाजिक संजालले पनि विभिन्न किसिमका विकृतीहरु निम्त्याएको बताउनुभयो । मानिस आधुनिकताको नाममा अराजकता तर्फ गएको भन्दै यस तर्फ समयमै सचेत हुनुपर्ने बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसकी प्रतिनिधी गुणलक्ष्मी ज्ञवालीले मानव बेचविखनका घटनाहरु बढीरहेकाले ब्यक्ति स्वयम सचेत बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मानवअधिकारर्मी, विभिन्न राजनैतिकदलका प्रतिनीधी, समाजसेवी, शिक्षक लगाएतको उपस्थिती रहेको थियो । मानव अधिकार एयलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन थानेश्वर अधिकारीले गर्नुभएको हो ।

कार्यक्रममा मानव अधिकार एयलान्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेले मानव बेचबिखन तथा ओसारपोसार रोकथाम तथा नियन्त्रणका उपाएबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यले मानव बेचविखन नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । एक्लो प्रयास यसको नियन्त्रण नहुने भन्दै सबैको एकमन एकता आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

यसैबिच कार्यक्रममा इलाका प्रहरी कार्यलय पिपराले आत्महत्याको स्थिति र नियन्त्रणा सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको थियो ।

इलाका प्रहरी कार्यलय पिपराका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर कडायतले आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म इलाका प्रहरी कार्यलय पिपरामा भएका आत्महत्याको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

जसअनुसार आर्थिक वर्ष २०७४/७५मा १५ वटा आत्महत्यताका घटना भएका छन् भने २०७५/७६ मा बढेर २९ वटा आत्महत्याका घटना भएका छन् । यसैगरी २०७६/०७७ मा पनि २९ वटा आत्महत्याका घटना रहेका छन् ।

पछिल्लो समय आत्यहत्याको अवस्था भयावह भएको भन्दै यसलाई न्युनिकरण गर्नतर्फ सबै लाग्नुपर्ने प्रहरी सहायक निरिक्षक कडायतले बताउनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ७ : २८ बजे