५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नवप्रभात युवा क्लवद्धारा मृगौला र ब्लड क्यान्सर पीडित दुई परिवारलाई सहयोग



उदय पोख्रेल, चार नम्बर ।

बाणगंगा ४ झुँगाका मृगौला पीडित हरि न्यौपानेको लागि सहयोग जुट्ने क्रम जारी छ । दुवै मृगौला फेल भएर ट्रान्सप्लान्टको नजिक रहेका न्यौँपाने परिवारलाई देश विदेशबाट बिभिन्न सहयोगी संघ, संस्था तथा ब्यक्तीहरुले सहयोग गरेका छन् ।

यसै क्रममा नव प्रभात युवा क्लव ठाकुरापुर गजेहडाले मृगौला पिडित न्यौपाने परिवारलाई आर्थिक सहयोग गरेको छ ।

क्लवमा आवद्ध युवाहरुले खाजा रकमबाट बचाएको १७ हजार १ सय रुपैयाँ शनिबार हरिकै घरमा लगेर हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष मिलन चालिसेको नेतृत्वमा गएको टोलीले सो रकम हस्तान्तरण गरेको हो ।

बिभिन्न सामाजिक कार्यहरु गरिरहेको क्लवले हरिको आर्थिक अवस्था सारै कमजोर भएपछि अलिकति भए पनि उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरेको चालिसेले बताउनु भयो ।

यस्तै क्लवले ठाकुरापुरका ब्लड क्यान्सर पिडित विष्णुहरी पोख्रेलको परिवारलाई पनि १५ हजार वितरण गरेको छ । ९ बर्षका विष्णुलाई ब्लड क्यान्सर भएपछि परिवार निकै चिन्तित रहेको छ ।

उपचारमा लाखौँ खर्च गर्नु पर्ने भएको हुँदा सहयोग गरिएको क्लवले जनाएको छ । क्लवले मानवीयता नै धर्म भएकाले सहयोग गर्न सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  ५ : ५८ बजे