१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सुनको भाउ प्रतितोला ९९ हजार ६०० पुग्यो



काठमाडौं ।
सुनको भाउ तोलामै एक लाख रुपैयाँ हाराहारी पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो । महासंघले आइतबारका लागि तेजाबी सुनको भाउ भने ९९ हजार एक सय ६० रुपैयाँ तोकेको छ । यसैगरी चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै नयाँ गहन बिक्री शून्य बराबर रहेको तथा पुरानो गहना बेच्नेको संख्या बढ्न थालेको वयवसायीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ११ : ४९ बजे