४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

महिला शक्ति बिकास केन्द्रद्धारा भलवाडमा राहत वितरण



बाबुराम रायमाझी, जीतपुर ।
एक गैरसरकारी संस्थाले कपिलवस्तुको वाणगंगा ९ भलवाडका अतिविपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।

कोरोना भाइरसबाट प्रभावित भएका भलवाडका करिब चार दर्जन परिवारलाई महिला शक्ति बिकास केन्द्र नेपाल काठमाडौंको आयोजना तथा अर्जेन्टेसन फण्ड फर वोमन हुमन राइटस एशिया एण्ड प्यासिफिकको सहयोगमा राहत वितरण गरिएको हो ।

अति विपन्न वर्गका ९ वटा समूहका ४५ जना सदस्यहरुलाई वितरण गरिएको राहतमा चामल २० केजी, दाल २ केजी, चिनी १ केजी, नून १ केजी, चियापत्ति १/१ प्याकेट, साबुन ३ वटा, माक्स १५ थान रहेको छ ।

राहत सामग्री वितरणमा वडाध्यक्ष धु्रव बेल्वासे, महिला शक्तिा बिकास केन्द्र नेपालका क्षेत्रिय संयोजक जानकी चौधरी, भलवाड स्वास्थ्य चौकी प्रमुख जीत बिकास रायमाझी पुग्नुभएको थियो ।

राहत वितरण पश्चात बोल्दै वडाध्यक्ष बेल्वासेले आफ्नो वडामा महिला शक्तिा बिकास केन्द्र नेपाल संस्थाले गरिव विपन्न परिवारलाई थोरै भएपनि राहत सामग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै राज्यले लकडाउनलाई खुकुलो बनाएता पनि कोरोनाबाट बच्न सावधानी अपनाउनु पर्ने र स्वास्थ्यले दिएका नियम पालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रकाशित मिति : २० श्रावण २०७७ मंगलबार ००:००  ७ : ०८ बजे