८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

वाणगंगामा शुक्रबार समुदायस्तरमा १ सय जनाको कोरोना परिक्षण हुँदै



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा शुक्रबार (भोलि) समुदायका १ सय जनाको कोरोना परिक्षण हुने भएको छ ।

जिल्लामा पछिल्लो समय समुदायस्तरका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएसंगै वाणगंगामा पनि परिक्षण दर बढाउन थालिएको हो । यसभन्दा अगाडी नगरमा क्वारेनटाइन भित्र रहेका व्यक्तिको मात्र पीसीआर परिक्षण हुँदै आएको थियो ।

विहीबार साँझ नगरको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसी समुदायस्तरमा हुन थालेको पीसीआर जाँचको बारेमा प्रष्ट पार्ने काम गरिएको थियो ।

बैठकमा नगर प्रमुख मंगलप्रसाद थारुले शुक्रबार १ सय जनाको नमुना परिक्षण हुन लागेको जानकारी दिनुभयो । विशेष गरी सामाजिक कार्य गर्ने व्यक्तिलाई लक्षित गरी परिक्षण हुन लागेको नगर प्रमुख थारुले जानकारी दिनुभयो ।

नगर उप प्रमुख चक्रपाणी अर्यालले सिद्धार्थ क्याम्पसमा नमुना परिक्षण गर्ने तयारी भएको जानकारी दिनुभयो । नगरभित्रका बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सामाजिक कार्यमा खटिएका व्यक्ति, केही स्थानीय नेताहरुको नमुना परिक्षणको तयारी भएको भन्दै नगर उप प्रमुख अर्यालले अनिवार्य यी क्षेत्रका व्यक्तिहरुलाई परिक्षणका लागि आउन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७ बिहिबार ००:००  ७ : ४६ बजे