२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

कपिलवस्तुका पत्रकार भण्डारीलाई कोरोना, आफ्नो फेसबुकबाट जानकारी



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका पत्रकार गोपाल भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा रहेर सक्रिय पत्रकारिता गरिरहनु भएका उहाँलाई पिसीआर जाँचको क्रममा कोरोना संक्रमण भएको हो । उहाँले आफ्नो फेसबुक पेजबाट आफूलाई कोरोना लागेको जानकारी गराउनु भएको छ ।

उहाँले फेसबुमा लेख्नु भएको छ, ‘अन्तः पिसीआर रिपोर्ट पोजेटिभ । प्रत्यक्ष सम्पर्कमा रहनु भएकाले पिसिआर चेक गर्न अनुरोध छ ।’ उहाँ प्रेस युनियनका जिल्ला सभापति तथा एभिन्यूजका वरिष्ठ संबाददातासमेत हुनहुन्छ ।

उहाँले कामकै सिशलशिलामा आफूलाई कोरोना संक्रमण भएको हुन सक्ने बताउनु भयो । कपिलवस्तुमा तौलिहवा क्षेत्रमा समुदायस्तरमा ब्यापक रुपमा कोरोना फैलिरहेको छ । त्यसै क्रममा पत्रकार पनि परिरहेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ९ : २१ बजे