२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सुनको भाउ एक सातादेखि निरन्तर ओरालो



काठमाडौँ ।
नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

गत बुधबार प्रतितोला एक लाख ४ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ६ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार पनि छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला र९६ हजार ७ सय रुपैयाँ थियो । यस्तै बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर तोलाको एक हजार ३ सय १० रुपैयाँ पुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ । पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो ।

नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख तीन हजार रुपैयाँ पुगेको थियो । रासस

प्रकाशित मिति : १० भाद्र २०७७ बुधबार ००:००  १ : ५४ बजे