२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बुद्धभूमिका ४ सहित थप ५ जनामा कोरोना पुष्टि



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार बुद्धभूमि नगरपालिकामा ४ र कपिलवस्तु नगरपालिकामा १ गरी ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।

बुद्धभूमि नगरपालिकाको वडा नम्बर ४ मा २ जना, वडा नम्बर ७ र ९ मा एक/एक गरी ४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कपिलवस्तु नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या १ हजार ७२ पुगेको छ । कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७ बुधबार ००:००  ५ : ३३ बजे