१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कपिलवस्तुमा कोरोनाका कारण थप १ पुरुषको मृत्यु, मृतकको संख्या ३ पुग्यो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कोरोनाका कारण थप एकजनाको आज विहान मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचारार्थ कपिवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।

उनको उपचारको क्रममा गत भदौ ५ गते कोरोना संक्रमणको पुष्टी भएको थियो । श्वास प्रश्वासमा समस्या आएपछि ६ गतेदेखि उनलाई बुटवल कोरोना अस्तालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको विरामी रहेका थिए । यो संख्यासंगै कपिलवस्तुमा कोरोनाका कारण मृत्यु हुनेको संख्य ३ पुगेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७ बिहिबार ००:००  ७ : ४९ बजे