मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा थप १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार बिहीबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ९३ पुगेको छ ।
विहीबार ३ जना ट्राफिक प्रहरी, कृष्णनगर भन्सारका नासु, भन्सारका कार्यालय सहयोगी, भन्सारकै ५ जना एजेन्ट, २ जना क्लिनिकका सहयोगी, भन्सारकै २ जना कूक, एक ओभरसियर एकजना कार्यालय सहयोगी लगाएत रहेका छन् ।
यहि भदौ ६ गते कृष्णनगर भन्सार कार्यलयबाट कन्ट्रयाक ट्रेसिङद्धारा संकलन गरिएको ८० नमुना स्वाब मध्ये १९ जनाको नतिजा पोजेटिभ आएको हो । यस्तै ४० नमुना नेगेटिभ आएको छ भने २१ नतिजा आउँन बाँकी छ ।







प्रतिक्रिया