७ असार २०८३, आइतबार | Sun Jun 21 2026

तौलिहवामा गठन भयो बैंकर्स क्लब



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु सदरमुकाम तौलिहवामा बैंकर्स क्लब गठन गरिएको छ । तौलिहवामा रहेका विभिन्न बैंकमा कार्यरत कर्मचारीको उपस्थितीमा क्लब गठन गरिएको हो ।

राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रबन्धक सरोज आचार्यको अध्यक्षमा गठन भएको बैंकको उपाध्यक्षमा मेगा बैंकका शाखा प्रबन्धक राजेन्द्र प्रसाद शर्मा, सचिवमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको शाखा प्रबन्धक नवीन बहादुर श्रेष्ठ, कोषाध्यक्षमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको शाखा प्रबन्धक राजीव श्रीवास्तव रहनुभएको छ ।

यस्तै क्लबको सदस्यहरुमा राम बहादुर खत्री (कृषि विकास बैंक), अर्पण श्रेष्ठ (लक्ष्मी बैंक), अखिलेश कुमार अग्रहरी (कामना सेवा विकास बैंक), प्रकाश ज्ञवाली (एभरेष्ट बैंक), नवीन भुषाल (तिनाउ मिसन डेभलपमेण्ट बैंक), लोक नारायण न्यौपाने (ग्लोबल आइ एम इ बैंक), देवेन्द्र केसी (माछापुछ्रे बैंक), सुनिल भुसाल (प्रभु बैंक) र सुरज गुप्ता कसौधन (एन आइ सि एसिया बैंक) का शाखा प्रबन्धक रहनुभएको छ ।

क्लब गठनसंगै बैंक तथा वित्तीय संस्थाहरुको सामुहिक तथा कर्मचारीहरुको हकहितको सम्बर्धनको साथै सामाजिक सहयोगको लागि शाखा प्रबन्धकहरुको साझा फोरमको रुपमा काम गर्ने नवनिर्वाचित पदाधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७ शुक्रबार ००:००  १० : १८ बजे