४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सांसद पन्थीको अर्को गुनः कपिलवस्तुका ९५ सामुदायिक विद्यालयलाई फिल्टर र हात धुने भाँडो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका ९५ वटा सामुदायिक बिद्यालयहरुले शुद्ध पिउने पानीको फिल्टर र हात धुने भाडो प्राप्त गर्ने भएका छन् ।

प्रदेश सांसद विष्णु पन्थीको पहलमा कोरोनाको बेलामा क्वारेनटाइन बनाइएका र अन्य केही विद्यालयमा यी फिल्टर र हात धुने भाँडो हस्तान्तरण गरिने भएको हो । शनिबार सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्चीमा भएको एक कार्यक्रममा जनता मावि पिपरा, बाल मावि वैरिया विद्यालयका प्रतिनिधि सहभागी भई सामान ग्रहण गर्नुभयो ।

Image may contain: 2 people, people standing and outdoor

सो सामग्रीमा सहयोग तथा सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेल, नेपाल इन्जिनियरिङ एसोसिएसन ५ नं प्रदेश अध्यक्ष कुसुम राज ज्ञवाली , वाइन टु वाटर नेपाल, रोटरी तथा रोटर्याक्ट क्लव अफ नारायणगढ लगायतलाई सांसद पन्थीले विशेष धन्यबाद दिनुभयो । अन्य विद्यालयलाई सो सरसफाई सामग्री विस्तारै पुर्याइने इन्जिनियरिङ एसोसिएसन ५ नं प्रदेश अध्यक्ष कुसुम राज ज्ञवालीले जानकारी दिनुभयो ।

बाणगंगाबाट बाँड्न सुरु गरिएका सामान अब बुद्धभुमि, शिबराज , कपिलवस्तु, कृष्णनगर, महाराजगंज, बिजयनगर, मायादेवी, यशोधरा शुद्धोधन लगायतका पालिकामा पुग्ने छन् । शनिबारको कार्यक्रममा बालमाविका प्रधानाध्यापक अर्जुन शाही र जनता माविका प्रधानाध्यापक रमेश पन्थी हुनहुन्थ्यो ।

पछिल्लो समय क्वारेन्टाइन निर्माण भएका विद्यालयहरुमा स्वच्छ पिउने पानी र हात धुने स्टेशनको अभावले समस्या देखिएकोले उक्त सहयोग गरिएको वाइन टु वाटर नेपालका प्रतिनिधी दयाराम शर्माले जानकारी दिनुभयो । अमेरिकन प्रविधिको फिल्टर उपकरण नयाँ प्रविधी र महंगो भएको समेत बताइएको छ । १० वर्ष सम्म टिकाउ हुने उक्त फिल्टरले ९९.९ प्रतिशत पानी शुद्ध गर्नेछ ।

Image may contain: one or more people, people standing and outdoor

प्रकाशित मिति : १३ भाद्र २०७७ शनिबार ००:००  ५ : १७ बजे