४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बाणगंगामा थप १३ जनामा कोरोना , वडा नम्बर १ का १० जना, १ जना पत्रकार पनि परे



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब संकलन गरी पठाएकामध्ये आज आएको पिसीआर रिपोर्टमा वडा नम्बर १ का १० सहित १३ जनामा कोरोना पुष्टि भएको नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।

वडा नम्बर १ मा कोरोना देखिएकामा ७ जना महिला र ३ पुरुष रहेका छन् । उहाँका अनुसार वडा नम्बर ५ को एकएक जना र वडा नम्बर ७ का १ जना मा कोरोना पुष्टि भएको हो ।

७ नम्बर वडाका ३३ बर्षिय पुरुष पत्रकार रहेको पनि पौडेलले मायादेवी अनलाइलाई जानकारी दिनुभयो । संक्रमित पत्रकारको घर बनगाई भए पनि हाल बुटवल बसोबास गर्ने गरेको बताइएको छ । एक जनाको भने वडा खुलेको छैन ।

वडा नम्बर १ का कोरोना देखिने पुरुषको उमेर समुह ७५, २६, २७ रहको छ भने महिला तर्फ ३८, १८, १४, ९, ५१, ३०, २७ उमेर समुह रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७ आइतबार ००:००  १ : ४२ बजे