४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तुमा आज २९ जना कोरोना संक्रमित थपिए



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज विहान आएको रिपोर्ट अनुसार सबैभन्दा धेरै बाणगंगा नगरपालिकामा १३ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै कपिलवस्तु नगरपालिकाका ७, शिवराज नगरपालिकामा ३, बुद्धभूमि नगरपालिकाका २, शुद्धोधन र विजयनगर गाउंपालिकाका एकएक जना गरी २९ जनामा कोरोना देखिएको हो । शिवराज नगरका तीन जना भारतवाट आएका बताइएको छ ।

यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४३ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । समुदायस्तरका कोरोना संक्रमण फैलिएपछि कपिलवस्तुमा भोली राति १२ बजेसम्मको लागि निशेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७ आइतबार ००:००  २ : २५ बजे