२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

कपिलवस्तुको निशेधाज्ञाको अवधि आज राति सकिँदै, एक हप्ता थपिने अनुमान !



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा लागु गरिएको निशेधाज्ञाको अवधि सोमबार (आज) राति १२ बजे सकिँदै छ । गत भदौ सात गते बसेको जिल्ल विपद् ब्यवस्थापन समितिको बैठकले आजसम्मको लागि निशेधाज्ञाको समय थप गरेको थियो । समुदायस्तरमा कोरोना फैलिएपछि नियन्त्रणको लागि भन्दै गरिएको पूर्ण लकडाउनले पनि कोरोना नियन्त्रणमा आएको छैन ।

संक्रमितहरु बढेको बढ्यै भएपछि फेरि एक साता यही लक डाउनलाई निरन्तरता दिन सक्ने अनुमान गरिएको छ । यद्यपी सोमबार दिउँसो जिल्ला विपद् व्यवस्थापन समितिको वैठक बसेर यसबारे औपचारिक निर्णय हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । प्रशासनले औपचारिक रुपमा केही नबताए पनि स्थितिको विश्लेषण गर्दा सहजै एक हप्ता थपिन सक्छ । जिल्लामा अहिलेसम्म १ हजार १ सय २१ जनामा कोरोना पोजेटिभ देखिएका छन् ।

पछिल्लो समय समुदायस्तरमा कोरोना फैल्ने दर झन् तीव्र छ । यस्तो अवस्थामा लकडाउन खुलाउँदा स्थिति झन् भयावह हुन सक्ने भन्दै कम्तिामा पनि थप एक साता यही लकडाउनलाई निरन्तरता दिनु पर्ने सरोकारवाला बताउँछन् । अहिले अत्यावश्यक पसल बाहेक अरु सबै गतिविधि बन्द छन् । बैङ्क र वित्तिय संस्थाको लागि विहान ८ बजेदेखि १० बजेसम्म समय तोकेको छ ।

यसैबीच विहान २ घण्टाको समयमा अत्यावश्यक पसल खुलाउँदा अत्यधिक भीँड हुने भएकाले यसबारे नयाँ रणनीति बनाउनु पर्ने सरोकारवालाको भनाई छ । प्रशासनले लकडाउनको मोडालिटी भने फेरबदल पनि गर्न सक्ने छ । उता बुटवलमा पनि लकडाउनको म्याद भदौ २० गतेसम्म थपिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  ६ : ०९ बजे