१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नयाँ नोट साट्न नपाइने भो यसपटकको दशैँमा



काठमाडौं । यसपटकको दशैंमा नयाँ नोट साट्न नपाइने भएको छ ।कोरोना भाइरस फैलन सक्ने भन्दै सरकारले यसपटक नयाँ नोट वितरण नगर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको थियो ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नयाँ नोट वितरण नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले बताए ।

बैंकले नयाँ नोट वितरण नगर्नेबारे असोजको पहिलो साता आधिकारिक जानकारी दिइने जनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  ८ : २६ बजे