२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

सांसद पन्थीद्धारा १० हजार थान माक्स राष्ट्रिय युवा संघलाई प्रदान



मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश सांसद विष्णु पन्थीले १० हजार थान माक्स राष्ट्रिय युवा संघ कपिलवस्तुलाई प्रदान गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९)बाट बच्न माक्सको प्रयोग अनिवार्य भैरहेका बेला सांसद पन्थीले ठूलो परिमाणको माक्स युवा संघलाई प्रदान गर्नुभएको हो ।

सोमबार वाणगंगाको चार नम्बरमा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य गोपाल ज्ञवाली, नेकपाका जिल्ला सदस्य तथा वाणगंगा नगर अध्यक्ष शंकर पाण्डे, युवा नेता सवेन्द्रदेव खनाल लगायतलाई प्रदान गर्नुभएको थियो ।

कोरोना जोखिम न्यूनिकरणमा अहोरात्र खट्नुभएका सांसद पन्थीले माक्स प्रदान गर्दै काममा खटिने युवालाई प्रदान गर्न संघ मार्फत माक्स वितरण गरेको बताउनुभयो ।

मेडिकल सर्जिकल माक्सको प्रयोगले घरभन्दा बाहिर निस्कन पर्नेका लागि कोरोनाको सुरक्षा गर्ने बताउनुभयो । पहिलो चरणमा १० हजार थान माक्स वितरण गरेको र आगामी दिनमा थप माक्स प्रदान गर्ने उहाँले बताउनुभयो ।

माक्स पाएपछि संघका केन्द्रिय सदस्य ज्ञवालीले सांसद पन्थीलाई धन्यवाद दिनुभयो । कोरोना महामारीका बेला माक्सको अभाव रहेको बेला सांसद पन्थीले युवा संघलाई ठूलो परिमाणको माक्स दिएको भन्दै आफुहरु कृतज्ञ रहेको जनाउनुभयो । प्राप्त माक्सलाई संघले आवश्यकता अनुसार वितरण गर्ने उहाँले बताउनुभयो ।

माक्स वितरणमा राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थी, युवा नेता कमल क्षेत्री लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७७ मंगलबार ००:००  ६ : २६ बजे