५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु लकडाउनको २२ औं दिन, जनजीवन कष्टकर



मायादेवी अनलाइन, चार नम्बर ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनिकरणका लागि भन्दै कपिलवस्तुमा गर्न थालिएको लकडाउन २२ औं दिनमा प्रवेश गरेको छ । पछिल्लो साउन २७ गते देखि गर्न थालिएको जिल्लामा लकडाउन मंगलबार २२ औं दिनमा प्रवेश गरेको हो ।

यस अगाडि तीन पटक थप गरिएको लकडाउन मंगलबार देखि थप सात दिन थपिएको छ । लकडाउन थपिदै जादा जिल्लाको वातावरण सुनसान बनेपनि जनजीवन भने थप कष्टपूर्ण बन्न थालेको छ । समुदायमा कोरोना देखिन थालेपछि जोखिम कम गर्न भन्दै प्रशासनले लकडाउन गरेपनि दैनिक जीवनयापनमा समस्या देखिन थालेको हो ।

विहान साँझ काम गरेर एक छाक खाने वर्ग लामो लकडाउनले सबैभन्दा मारमा परेका छन् । सरकारी तवरबाट यी वर्गलाई सहयोग हुन सकेको छैन् । राहत मूलक कार्यक्रम सञ्चालन नहुँदा गरिखाने वर्गलाई साँझ विहान के खाउँ भन्ने पिरलो छ ।

यता लडाउन थपिदै गएपनि लकडाउनको स्वरुप फेरिएको छैन् । बैंक तथा वित्तिय संस्थामा लकडाउन केही खुकुलो भएपनि अरु सबै ठप्प छन् । बैंक तथा वित्तीय संस्था पल्छिल्लो एक हप्ता विहान ८ देखि १० बजेसम्म सञ्चालन गरिएपनि मंगलबार देखि विहान १० बजेदेखि दिउँसो १ बजेसम्म चल्न दिइने भएको छ ।

लकडाउनले जिल्ला सदरमुकाम तौलिहवा लगायत जीतपुर चारनम्बर, इमिलिया, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, कृष्णनगर, पकडी, लवनी, मर्यादपुर लगायतका बजार सुनसान जस्तै छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७ मंगलबार ००:००  ७ : २६ बजे