५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भारतको अर्थतन्त्र खराब अवस्थामा



दिल्ली ।

भारतको अर्थतन्त्र पछिल्लो चार दशक यताकै खराब अवस्थामा पुगेको छ । पछिल्लो त्रैमासिकमा भारतको आर्थिक वृद्धिदर झण्डै २४ प्रतिशतले नकारात्मक देखिएको हो ।

आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासिक अर्थात अप्रिल–जुनको त्रैमासिकमा भारतको अर्थव्यवस्थामा २३।९ प्रतिशतको गिरावट देखिएको हो । आउँदो त्रैमासिक अर्थात जुलाई–सेप्टेम्बरको त्रैमासिकमा पनि खासै सुधार आउने सम्भावना नरहेको बताइन्छ ।

पछिल्लो चार दशकमा भारतको अर्थतन्त्र पहिलो पटक मन्दीको अवस्थामा गएको हो । यसअघि पनि अर्थतन्त्र खराब भए पनि अहिले जस्तो भएको थिएन । स्वतन्त्रतापछिको भारतको इतिहासमा पहिलोपटक अर्थव्यवस्थामा झण्डै २४ प्रतिशतको गिरावट आएको हो ।

कोरोना भाइरसको महामारीका कारण अर्थव्यवस्था अति कमजोर बनेपछि नरेन्द्र मोदी सरकार आलोचनाको केन्द्रमा छ । भारतका पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता पी चिदम्बरमले मोदी सरकार कोरोना भाइरसको महामारीसँग लड्न असफल भएको र सोही कारण जीडीपीमा नराम्रो गिरावट आएको आरोप लगाएका छन्।

प्रकाशित मिति : १६ भाद्र २०७७ मंगलबार ००:००  १ : १० बजे