२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

कपिलवस्तुमा चाँदीका अवैध सामाग्रीसहित तीन जना पक्राउ



कपिलवस्तु ।

कृष्णनगर सशस्त्र प्रहरीले कृष्णगनरमा अवैध २ सय ३० वटा चाँदीका पायलसहित ३ जनालाई पक्राउ गरेको छ। सशस्त्रको विओपी पोष्टले चार थान मोबाईल र करिब ५ किलो चाँदीका सामाग्री बरामद गरेको हो।

सामाग्रीसँगै शिवराज नगरपालिका ५ का आकाश बर्मा, ओमबहादुर घर्ती र आनन्द वर्मा समेत पक्राउ परेका छन्। सोमबार साँझ ८ बजे भारतीय सीमा क्षेत्रबाट लुकाएर ल्याउदै गरेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख ध्रुब कार्कीले बताए।

तस्करहरूले ती सामाग्री झोलामा लुकाएर ल्याउदै गरेको थिए। शंका लागी खानतलासी गर्दा २ सय ३० चाँदीका पायल र ४ थान मोबाइल भेटिएको उनले बताए। कृष्णनगर र भगवानपुरको बिच सिर्सेहवाबाट गस्ती टोलीले सो सामान पक्राउ गरेको हो।

प्रकाशित मिति : १६ भदौ २०७७ मंगलबार ००:००  ४ : १६ बजे