८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बिहीबारसम्म राजस्व सङ्कलन गर्ने सबै काउन्टर खुल्ने



काठमाण्डौ ।

बैंक तथा वित्तीय संस्थाका राजस्व सङ्कलन हुने शाखा तथा काउन्टर खुल्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकले मङ्गलबार, बुधबार र बिहीबार राजस्व सङ्कलन हुने सबै शाखा तथा काउन्टर खोल्न निर्देशन दिएपछि काउन्टर खुल्न थालेका हुन् ।

सरकारले बिहीबारसम्म राजस्व तिरिसक्न करदातालाई भनेको छ । राजस्व उठाउने म्याद बिहीबारसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताउनुभयो ।

कोरोना भाइरसको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका धेरैजसो शाखा बन्द छन् । भिड हुन नदिन तीन दिन सबै शाखा खोल्न भनिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७ मंगलबार ००:००  २ : २० बजे