१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्यो



काठमाण्डौ ।

सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो । यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७ बिहिबार ००:००  १२ : ४४ बजे