असोज १ गतेदेखि होटल र आन्तरिक उडान खुल्ने


काठमाडौँ ।

सरकारले होटल तथा रेष्टुरेन्टहरु असोज १ गतेदेखि खुला गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्ट खुला गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होटलहरुलाई खुला गर्न दिने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

यस्तै, असोज १ गतेदेखि आन्तरिक उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री ज्ञवालीले बताएका छन् । सरकारले लामो दूरीको यातायातका साधन असोज १ गतेदेखि नै खुला गर्ने पनि निर्णय गरेको छ । यातायात तथा हवाइ उडानमा स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस