६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घट्यो



काठमाण्डौ ।

सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  १२ : ३३ बजे