७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

आयो यमाहाको जेडआर स्कुटर, नयाँ फिचर, काइदाको माइलेज




मायादेवी अनलाइन, वाणगंगा ।
मोटरसाइकल जगतमा नाम कमाएको यमाहा कम्पनीले नयाँ फिचरका साथ रे जेड आर स्कुटर बजारमा ल्याएको छ । मोटरसाइकल र स्कुटरको कुनै पनि कम्पनीका ब्राण्डमा नभएको नयाँ फिचर सहितको यमाहाले एफ आइ टेक्नोलोजीको रे जेड आर स्कुटर नेपाली बजारमा आजदेखि लन्चिङ्ग गरेको छ ।

यमाहा कम्पनीले १२५ सिसिको एफ आइ टेक्नोलोजीबाट बढि भन्दा बढि माइलेज दिने एक मात्र स्कुटर बजारमा ल्याएको जय मनकामना मोटरसाइकल वक्र्सका प्रमुख डम्मरदेव पाठकले जानकारी दिनुभयो ।

सवैभन्दा राम्रो माइलेज दिने रे जेडआरले आर्थिक हिसावले पनि अन्य स्कुटर भन्दा ग्राहकको बचत बढि हुने कम्पनीको दावी रहेको छ । विएस सिक्स सर्टिफाइड इन्जिन नयाँ प्रविधीको स्कुटर भविष्य सम्म बजारमा टिकिरहने बताइएको छ भने कुनै पनि ब्राण्डसंग प्रतिस्पर्धा नहुने कम्पनीको भनाई छ । उहाँले अन्यको तुलनामा यो स्कुटर माइलेजमा बादशाह भएको दावी गर्नुभयो ।
अन्य स्कुटर चलाउदा झन्झट, विच्चैमा बन्द हुने समस्या र अन्य हैरानी खेप्नु परेका ग्राहकलाई यमाहा कम्पनीले बजारमा ल्याएको रेजेड आर धेरै विशेषता भएको कम्पनीले बताएको छ । १२५ सिसिको नयाँ स्कुटर रे जेड आरले सवैको मन जित्ने पनि पाठकले दावी गर्नुभयो ।

उहाँले सवैभन्दा छिटो र सहज रुपमा संचालन गर्न सकिने स्कुटर बजारमा भित्रिएको बताउनुभयो । वक्र्सका मार्केटिङ्ग म्यानेजार बाबुराम केसीले शोरुममा नयाँ स्कुटर रे जेडआर भित्रिएको र विक्रीका लागि बुकिङ्ग खुला रहेको समेत जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  ९ : ५९ बजे