१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो



काठमाण्डौ ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । भाउ बढेर सुन आज तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा ३ हजार एक सय रुपैयाँ घटेको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँ बढ्यो । तर मंगलबार तोलामा एक हजार ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ५ सय रुपैयाँमा झर्यो । त्यही भाउमा बुधबार र बिहीबार तोलामा एक हजार २ सय, एक हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज भने फेरि बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नाफा सुरक्षित गर्नको लागि सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । तर आज सुनको भाउ घटे पनि डलर मजबुत हुँदा नेपालमा भाउ बढेको हो । यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार १ सय ६० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  ११ : ५४ बजे