१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सुनको मूल्य घट्यो



काठमाडौँ ।

सुनको मूल्य आइतबार सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि ६ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  १२ : ५९ बजे