२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

राति सुतेका बस चालकमाथि कृष्णनगर प्रहरीले कुट्यो, पीडित भन्छन्ः विना कारण मर्नेगरी कुटिए



मायादेवी अनलाइन, चार नम्बर ।
होटलमा सुतेका बस चालकमाथि आइतबार राति कृष्णनगर प्रहरीले कुटपिट गरेको छ । बुटवल–कृष्णनगर चल्ने बसका चालकमाथि प्रहरीले सुतेकै बेला विस्तारामा पुगेर कुटपिट गरेको हो । प्रहरीद्धारा कुटिएका बस चालक भूमिराज भुसालले आफुसंगै साथीहरु खाना खाएर होटलमा सुतिरहेको बेला एक्कासी ढोका खोल्न भनेर आफुहरुमाथि कुटपिट भएको गुनासो गर्नुभयो ।

राति ११ बजे मायादेवीलाई सम्पर्क गरी भुसालले विना कारण आफुले प्रहरीको कुटाई खाएको गुनासो गर्नुभयो । आफु अप्रेसन गरेको विरामी भएको भन्दा पनि प्रहरीले कुटेको उहाँको आरोप छ ।

आफुहरु घिमिरे होटलमा सुतेको र होटल मालिक नभएको अवस्थामा ढोका खोल्न नसकिएको उहाँले बताउनुभयो । राति १० बजेपछि ढोका खोल भन्दा आफुहरुलाई डर लागेको र जवरजस्ती ढोका खोल भनेपछि खोलेको बताउनुभयो । ढोका खोल्दा वित्तिकै आफुलाई नेता ठान्छस भन्दै इन्स्पेक्टरले लात्तालात्ताले कुटेको बताउनुभयो ।

यता प्रहरी निरिक्षक प्रताप पौडेलले नेपाली मजदुर भारत लैजाने थाहा पाएपछि एक्सन चालिएको बताउनुभयो । कोरोना महामारीको कारण दुवै नाका बन्द भएको बेला भारत लैजाने काममा लागेको सूचना आएपछि आफुहरु होटलमा छिरेको प्रष्ट पार्नुभयो ।

कोठामा ढोका खोल भन्दा नमाने पछि केही एक्सन चालिएको उहाँले बताउनुभयो । यद्यपि भूमिराज भुसालमाथि भएको कुटिपिटको बारेमा पौडेलले थप बोल्न मान्नुभएन । अप्रेसनका बेला परिस्थिती अनुसार चल्नुपर्नेस्थिती आउने प्रतिक्रिया दिनुभयो । साथै उहाँले कार्यालयमै आएर थप बुज्न चुनौती दिनुभयो ।

आफुहरुले समातेका व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया चालिएको उहाँले बताउनुभयो ।

सीमाका तस्करहरु नियन्त्रण गर्न नसक्ने प्रहरीले ड्राइभरलाई नेपाली मजदुर भारत लगेको आरोपमा विस्तारमा सुतेका बेला थुतेर लैजानु राम्रो नभएको पीडितहरुले बताएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  ११ : ४७ बजे