५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

सुनको भाउ ९०० रुपैयाँ बढ्यो



काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको हो। सोमबार प्रतितोला ९३ हजार ३०० रुपैयाँले कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ९४ हजार २०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँ बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको भाउ पनि केही बढेको छ। चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार १७५ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  १२ : ५० बजे