१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बाणगंगामा थपिएका ९ जना कोरोना संक्रमितको अवस्था सामान्य



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । गत असोज ११ गते स्वाब संकलन गरि पठाइएका २२ स्वाब मध्ये १९ जनाको रिपोर्ट आउँदा ९ जनामा कोरोना संक्रमण देखिएको हो । अरु १० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ३ जनाको आउन बाँकी छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार वडा नम्बर ७ मा १७ र १९ बर्षका २ पुरुष, वडा नम्बर ४ का ३० र ३६ बर्षका पुरुष, वडा नम्बर ११ का २२ र १९ बर्ष पुरुष र वडा नम्बर ३ मा ८ बर्षीय बालक र २६ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

वाण्गंगामा अहिलेसम्म १४३ जना संक्रमित भएका छन् । यीमध्ये २८ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ४ : ३७ बजे