७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रिलायबल नेपालद्धारा ३ परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण



मायादेवी अनलाइन, चानम्बर ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स जितपुर शाखाले संयुक्त रुपमा मृत्यु दाबी रकम विमित परिवारलाई प्रदान गरेको छ ।

मंगलबार विपि स्मृती भवन गजेहडामा एक कार्यक्रमका बीच विमित परिवारलाई ३ लाख ५३ हजार रकम हस्तान्तरण गरिएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा विमित मृतक फुल कुमारी थारुका श्रीमन चिन्कु थारुलाई १ लाख ६२ हजार ५ सय, मृतक पार्वता थारुका श्रीमान कृष्ण बहादुर थारुलाई १ लाख ६२ हजार ५ सय र मृतक राम बहादुर दर्जीको श्रीमती मैया परियारलाई २८ हजार मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्णु पन्थीले बिमा र लघुबित्तले समाजमा पारेको सकारात्मक फाइदाको बारेमा बताउनुभयो ।

वाणगंगा नगरपालिकाका मेयर मगंल थारुले रकमलाई सहि ठाउमा सदुपयोग गर्न आग्रह गर्नुभयो ।

रिलायबल नेपाल इन्स्योरेन्स जितपुर शाखा प्रमुख राम प्रसाद अधिकारीले विमाको महत्वबारे जानकारी गराउदै आफु सक्दो बिमा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमा प्रदेश सांसद पन्थी, मेयर थारु, वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, इन्स्योरेन्स शाखा प्रमुख राम प्रसाद अधिकारीले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा पशु बिमा अन्तरगत ५ जनालाई पनि रकम हस्तान्तरण गरिएको छ ।

कार्यक्रम निर्धन उत्थान लघुबित्त ओदारी शाखा प्रमुख सुशील गौतमको स्वागत मन्तब्य र लघुबित्तकी कर्मचारी पार्वता शर्माको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ५ : १० बजे