६ असार २०८३, शनिबार | Sat Jun 20 2026

रुकुम पूर्वमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण



मायादेवी अनलाइन, चारनम्बर ।
जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पूर्वले जिल्लाको जोखिम न्युनिकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ सार्वजनिकरण गरेको छ ।

भू–बनोट, जलवायु लगायतका प्राकृतिक तथा मानव सिर्जित बिबिध कारणहरुले गर्दा नेपाल विपद्को उच्च जोखिममा रहेसँगै रुकुम पूर्वमा पनी त्यहाँ रहेका नदी नालामा आउन सक्ने वाढी, पहिरो, आगलागी सडक दुर्घटना, जंगली जनावरको आक्रमण, भुकम्प, चट्यान, हावाहुरी हिमपातबाट हुने बिपत्लाई न्युनिकरण गर्न यो सो योजना निर्माण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताएका छन् ।

योजना जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको आयोजना युएनएफपिए नेपाल तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारीमा तयार गरिएको हो ।

जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ को सार्वजनिकरण कार्यक्रममा ाजिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राज कुमार राई सिद्धार्थ सामाजिक विकास केन्द्रका नितिगत सल्लाहकार पोमनारायण पौडेल, कार्यक्रम संयोजक जियाउल हक, सुरक्षा निकायका प्रमुख लगायत अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ६ : ३३ बजे