५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आज देशभरको मौसम, केही ठाउँमा पानी पर्ने सम्भावना



काठमाडौँ ।

मुलुकका अधिकांश स्थानमा बुधबारको मौसममा सामान्यदेखि आंशिक बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

बुधबार राति पनि प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा राति हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको महाशाखाले उल्लेख गरेको छ।
हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ९ : ०६ बजे