१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कृष्णनगरमा साढे ७ किलो अफिमसहित महिला पक्राउ



अजय मिश्र, कृष्णनगर ।
कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध अफिम प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले लु १ ह १५७ नम्बरको अटोमा ल्याउँदै गरेको अवस्थामा अफिम नियन्त्रणमा लिएको हो ।

अफिमसँगै रोल्पाको कुलेरी गाउँपालिका–१ कुलेरीकी ४९ वर्षीया सीता रोका र कपिलवस्तुको शिवराज–५ का अटो चालक सुशील क्षेत्रीलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो ।

छड्के चेक जाँचका क्रममा मंगलबार राति कार्यालय अगाडीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको पौडेलले बताए ।

‘ब्राउन सुगर बनाउनु प्रयोग हुने अफिम नेपालमा उत्पादन हुँदैन,’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो, ‘अन्य देशबाट ल्याइएको हुनु पर्छ । नेपालगन्ज हुँदै कपिलवस्तुबाट भारततर्फ ओसार पोसार गर्न खोजिएको थियो ।’

कृष्णनगर प्रहरीले असोज ९ मा पनि ३७ किलो चरेस नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  १० : ०३ बजे