७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मायादेवीको पहलमा कोरियाबाट ध्रुव र सज्जनले गरे सोनालाई आर्थिक सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु वाणगंगाकी सोना पौडेलको उपचारमा आर्थिक सहयोग उठ्नेक्रम जारी छ । ७ बर्षीया पौडेलको स्वासनलीमा समस्या छ ।

आर्थिक रुपमा निकै दयनिय पौडेल परिवारले सोनाको उपचार गर्न नसक्ने स्थितिमा पुगेपछि मायादेवी टिभी, मायादेवी अनलाइन लगायतका मिडियाले जोडतोडले उठाएका थिए ।

मिडियामा प्रकाशित अन्तर्वार्ता लगत्तै देश तथा विदेशमा रहेका नेपालीहरुले सोनाको उपचारमा सघाउन आफुसक्दो आर्थिक सहयोग गरिरहेका छन् ।

दक्षिण कोरियामा रहनुभएका रुपन्देहीका धुव्र खनाल र सज्जन सुवेदीले सोनाको उपचारका लागि १७ हजार ५ सय पठाउनुभएको छ ।

मायादेवी मार्फत उक्त रकम सोनाको घरमै पुगेर बुधबार वितरण गरिएको छ । मायादेवी अनलाइनका प्रधानसम्पादक चन्द्रकान्त न्यौपाने, सम्पादक दिपक अनुरागीले सोनाकी हजुरआमालाई उक्त रकम दिनुभएको हो ।

सोनाको अहिले काठमाडौंमा उपचार भैरहेको छ । कोरोना पोजेटिभ देखिएपछि सोनाको उपचारमा ढिलाई भएको हो । उपचारका लागि काठमाडौं गएको १६ दिन वितिसक्दा पनि कोरोना देखिएपछि अप्रेसनमा समस्या आएको घरपरिवारले बताएका छन् ।

यसभन्दा अगाडी पनि सोनालाई कोरोना देखिएको थियो । बर्षौसम्म सोनाको अप्रेसन गर्नुपर्ने अवस्था छ भने एक पटकको झण्डै १ लाख लाग्ने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  १२ : ०५ बजे