१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कोरोना कहरः जिल्ला प्रशासन कार्यालयले तोक्यो पालिका अनुसारको सेवाप्रवाह



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना भाइरस (कोभिड–१९)को महामारी बीच जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तुबाट प्रदान गरिने सेवाप्रवाहमा हेरफेर गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलद्धारा बुधबार सार्वजनिक गरिएको सूचना अनुसार अब जिल्लाका १० स्थानीय तहका सर्वसाधारणले तोकिएको बारमा सेवा लिन सक्नेछन् । साताको ६ दिनै सबै पालिकाका नागरिकले सेवा लिदै आएपनि कोरोनाबाट बच्न र बढी भिडभाड नबनाउन प्रशासनले बार तोकेर सेवा दिन लागेको हो ।

प्रशासनका अनुसार आइतबार र बुधबारका दिन बुद्धभूमि र कपिलवस्तु नगरपालिकाका सेवाग्राहीले सेवा लिन पाउने छन् ।

सोमबार र विहीबार महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिकाका सेवाग्राहीलाई समय तोकिएको छ भने शुद्धोधन र यशोधरा गाउँपालिकाका सेवाग्राहीलाई मंगलबार र शुक्रबार समय तोकिएको छ ।

जिल्लामा इलाका प्रशासन कार्यालय चन्द्रौटा र इलाका प्रशासन कार्यालय वाणगंगाबाट पनि सेवा प्रवाह भैरहेको छ । यी दुई कार्यालयले सेवा दिने बार छुट्टाएका छैनन् । यद्यपि इलाका प्रशासन कार्यालय वाणगंगाका सेवाग्राही वाणगंगा नगरपालिका भित्रका मार्फत रहेकाले बढी भिडभाड देखिदैन् ।

इलाका प्रशासन कार्यालय चन्द्रौटामा भने शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका सेवाग्राही आउने गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ५ : १३ बजे