१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा एक जोडीले गरे देहत्याग, मर्नुअघि दुवैले आ-आफ्नो बुवालाई फोन गरेका थिए



मायादेवी अनलाइन, तौलिहवा ।
प्रेममा असफल भएको भन्दै कपिलवस्तुको शिवराजनगरपालिका–१ उमरीमा एक जोडीले आत्महत्या गरेका छन् । परिवार र समाजले आफूहरुलाई एक हुन नदिएको भन्दै निराश भएर उनीहरुले एउटै सलमा झुण्डिएर देहत्याग गरेका हुन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटा अनुसार सोमबार राति उमुरीका एक प्रेम जोडीले आपको रुखमा सलले पसो लगाई आत्महत्या गरेका छन् । २३ वर्षीय रामदेव थारु र २० वर्षीया बिष्णु थारुले आपको रुखमा सलको पासो बनाई अत्महत्या गरेका वडा प्रहरी कायालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

बिगत १ वर्षदेखि दुबै बीच गहिरो प्रेम थियो । सुरुमा केटा पक्षले केटीको घरमा बिवाहको प्रस्ताव लिएर जाँदा केटीको परिवारले मानेका थिएनन् । प्रेम सम्बन्धका बीच केटा पक्षका अभिभावकले मृतक रामदेवको बिवाह बुद्धभूमि नगरपालिकाकी एक युवतीसंग गराएका थिए।

सो बिवाह पश्चात् पनि रामेदव र बिष्णु बीच प्रेम सम्बन्ध जारी थियो । बिवाह गरेको केही महिना मै रामेदवले बिष्णुलाई समेत भगाएर घर मै भित्र्याए । त्यसपछि परिवारमा झनै किचलो हुँदै गयो । पटक पटक प्रहरीमा उजुरी दिने र पक्राउ गर्ने गरिएपछि रामेदव र बिष्णु निराश बनेका थिए ।

गत शनिबार पनि रामदेवको परिवारको उजुरीका आधारमा द’बैलाई पक्राउ गरिएको थियो । रामेदवले आफ्नो श्रीमतीलाई घर राख्ने र प्रेमिका बिष्णुलाई आफ्नो घर पठाउने सहमति भएको थियो । पटक पटकको तनावपछि दुबैले एकै साथ मर्ने निर्णय गरेका थिए । घटना अघि मृतक रामेदव र बिष्णु आ-आफ्नै घरमा थिए ।

गत सोमबार राति दुबै जनाले भेट गरी आपसी सल्लाह अनुसार आत्महत्या गरेको प्रहरी निरीक्षक खरेलले बताए । मुर्न अघि दुबै जनाले आआफ्नो बुवालाई मोबाईलबाट फोन समेत गरेका थिए । कुरा गरे लगत्तै फोन स्विचफ गरेका थिए । उमुरीका स्थानीय सिताराम चौधरीले घटना दुःखद भएको बताए । प्रेममा असफल भएको र आफूहरु एक हुन नसक्ने भएको भन्दै दुबैले आबेगमा आएर आत्महत्या गरेको उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ५ : ३६ बजे