११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

सन्धिखर्कमा एकै परिवारका ८ जनामा संक्रमण



सन्धिखर्क ।

सन्धिखर्क नगरपालिका वडा नम्वर १ मा एकै घर परिवारका ८ जनामा कोरोना सक्रमण भएको छ। शितगंगा नगरपालिका ७ जलुके घर भइ हाल सन्धिखर्क बस्दै आएका बिशाल खड्काको परिवारका ८ जनामा कोरोना देखिएको हो।

उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र २ बहिनीमा कोरोना देखिएको खड्काले बताए। अर्घाखाँचीमा शनिबार थप ३४ जना कोरोना संक्रमित थपिएका छन्। प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदाय स्तरका ३४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यलयका सुचना अधिकारी विजय बरालले बताए।

योसँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ सय ८६ पुगेको छ। सक्रिय संक्रमितको संख्या ९० रहेको छ। कोरोनाका कारण ४ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७७ शनिबार ००:००  २ : ३० बजे