१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

यो दशैँमा नयाँ नोट सटही नगरिने



काठमाण्डौ ।

यो वर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो ।
नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७ आइतबार ००:००  ७ : ११ बजे