३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

बढेको बढ्यै कोरोना संक्रमित, सोमबार थपिए ४ हजार ४७ जना



काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको उनले बताए।

यस दिन जना कोरोनाबाट १ हजार ४७३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ। अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ। सोमबार मात्र थप मृतक ९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०७७ सोमबार ००:००  ४ : २७ बजे