५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

थपिए कोरोनाका २ हजार ६३८ संक्रमित, १२ को मृत्यु



काठमाण्डौँ ।
बुधबार कोरोनाका २ हजार ६३८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको उनले बताए।

यस दिन कोरोनाबाट २ हजार १७४ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३६ हजार ३६७७ पुगेको छ। अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ। बुधबार मात्र थप मृतक १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस दिन १३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको हो।

प्रकाशित मिति : २८ आश्विन २०७७ बुधबार ००:००  ४ : ३० बजे