३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

लक्षण वा संक्रमण देखिएमा मात्रै स्वास्थ्यकर्मी क्वारेन्टिन बस्नुपर्ने



काठमाडौं ।

कोरोनाको उपचारमा संलग्न चिकित्सक तथा अन्य कर्मचारी अब लक्षण देखिएमा वा संक्रमण देखिएमा मात्रै क्वारेन्टिन बस्नुपर्ने भएको छ। कोभिड १९ का बिरामीको उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापन सम्वन्धी मार्ग निर्देशनलाई केही परिमार्जन गरी सचिवस्तरीय निर्णय गरिएको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले जनाएको छ।

केन्द्रले सबै कोरोना अस्पताललाई यस्तो निर्देशन दिइसकेको छ। यसअघि कोरोना अस्पतालमा खटिने स्वास्थ्यकर्मीले १५ दिन सेवा गरेपछि क्वारेन्टिनमा बस्न सक्ने व्यवस्था रहेकोमा अब संक्रमण पुष्टि नभएसम्म वा लक्षण नदेखिएसम्म क्वारेन्टिन बस्नु पर्ने छैन।

प्रकाशित मिति : ३० आश्विन २०७७ शुक्रबार ००:००  २ : ५१ बजे