६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

२४ घण्टामा २ हजार ८४६ जना डिस्चार्ज, २ हजार २२५ संक्रमित थपिए



काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको छ । गएको २४ घण्टामा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५३ हजार आठ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको हो । काठमाण्डौ उपत्यकामा भने एक हजार एक सय १० जना थपिएका छन् । यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या एक लाख आठ हजार तीन सय ३४ पुगेको छ । अब नेपालमा ४६ हजार ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ४ : २८ बजे