६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

पुनरागमन जीतसहित लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा



काठमाडौं ।
साबिक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेललमा लिभरपुलले १ गोलले पछि परेको स्थिति उल्टाएर वेस्ट ह्याममाथि २–१ को जीतसहित शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको १० औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट वेष्ट ह्यामले अग्रता लिएको थियो । तर ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा मोहमद सालहले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

अतिरिक्त खेलाडीका रुपमा मैदान छिरेका डिओगो जोटाले ८५ औँ मिनेटमा गोल गरेपछि लिभरपुल महत्वपूर्ण जीत निकाल्न सफल भयो । उनले लगातार पछिल्ला तीन खेलमा सिटीका लागि गोल गरेका छन् ।

जितपछि सात खेलबाट १६ अंक जोडेको लिभरपुल एभर्टनलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको एभर्टन १३ अंकसहित दोस्रो स्थानमा छ । ८ अंक जोडेको वेष्ट ह्याम १३ औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७ आइतबार ००:००  ८ : ३६ बजे