८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

टिकापुरका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु



कैलाली ।

कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–१का ६० वर्षीय पुरूषको आइतबार बिहान मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर भेरी अस्पताल नेपालगञ्जमा उनी उपचाररत रहेका थिए । उनको स्वास्थ्यमा सुधार नआएको अवस्थामा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७७ आइतबार ००:००  २ : १८ बजे