५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

स्याङ्जामा कोरोना संक्रमित वृद्धको मृत्यु



स्याङजा ।

चापाकोटमा नगरपालिकाका कोराना संक्रमित ७३ वर्षीय वृद्धको मृत्यु भएको छ। नियमित स्वास्थ्य उपचारका लागि कात्तिक १४ गते पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा गएका उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।

पाँच दिनअघि १६ गतेदेखि आफ्नै घर होम आइसोलेशनमा बस्दै आएका उनको बिहीबार राती निधन भएको चापाकोट नगरपालिकाका सूचना अधिकारी बिन्दु कोइरालाले जानकारी दिए। लामोसमय देखि सुगर र उच्च रक्तचापका बिरामी थिए। यो सँगै स्याङ्जामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने झण्डैं ५ सय ५० भन्दा बढी संक्रमित भएका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०७७ शुक्रबार ००:००  ११ : १८ बजे