६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीको कोरोना रिपोर्ट पुनः पोजेटिभ



काठमाडौं ।

होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ । होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनस् पोजिटिभ आएको हो।

पीसीआर परीक्षणका लागि कात्तिक ७ गते स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी गराएका थिए।

आज पनि उनले कोरोनाविरूद्ध लडाई केही लामै होला जस्तो अनुभूति भएको संकेत गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ुबुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै लडाइॅ केही लामै होला जस्तो पो छ त ।

प्रकाशित मिति : २३ कार्तिक २०७७ आइतबार ००:००  ११ : ११ बजे