९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

प्रचण्डलाई भेट्न शंकर पोखरेल खुमलटारमा



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढिरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले दुई अध्यक्षबीच सहमति गरेर जानुपर्ने सुझाव दिएको स्रोतले बतायो। ओलीनिकट पोखरेलसँगको छलफलमा ठोस कुराकानी हुन नसकेको प्रचण्डनिकट एक नेताले सेतोपाटीलाई बताए।

यसअघि सोमबार महासचिव विष्णु पौडेलले प्रचण्डलाई भेटेका थिए। पछिल्लो समय नेकपामा अध्यक्षद्वयबीच विवाद चुलिँदै गएको छ। नेकपामा कर्णाली विवाद, प्रधानमन्त्रीले भारतीय रअ प्रमुखसँग भेटेकोबारे विवाद छ।

यसबारे छलफल गर्न प्रचण्डले सचिवालय बैठक बोलाउन माग गर्दै आइरहेका छन्। तर प्रधानमन्त्री ओलीले भने टार्दै गएका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७७ मंगलबार ००:००  २ : ११ बजे